रातारात मन्त्री सहितको जंबो टोली रतुवाको बगरमा पुगेपछि

दमक/ चैत ३० साँझको करिव सात बजेको थियो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली ,सडक बिभाग अनि अन्य राजनैतिक दलका प्रतिनिधीहरु । साँझ सम्म मन्त्रीलाई स्वागत गर्न झापा मोरङको सिमानामै स्वागत गर्न पुगे । मोरङवाट पूर्व आउँदा झापा प्रबेश गर्ने मावा खोलाको पुलको मुखैमा सयपत्रिका माला सहितको जम्वो टोली मन्त्रीलाई स्वागत गर्न पुगेको थियो । मन्त्रीको दमक आउने कार्यक्रम बारे बिहिवार दिन भरि नै दमकमा ब्यापक थियो । ११ बजे देखी नै मन्त्री आउने हल्ला दमकमा थियो । तर ‘फ्ल्याईट डिले’ भएका कारण मन्त्री निर्धारित समयमा दमक आउन नसकेको बुझियो ।

भैतिक पूर्वधार तथा यातायात मन्त्री रघु बिर महासेठ साँझ सात बजे मावा पुलवाट सरर आएपुग्नु भएपछि बिचैमा रोकेर उहँँलाई दमकमा स्वागत गरियो । झमक्कै साँझ परिसकेकोले उहासँग स्वागत स्थलमा धेरैबर अलमल भएन । सिधै उहाँलाई दमकमा चलिरहेका केहि योजनाहरु देखाउन लगियो ।

दमकको दक्षिणी क्षेत्र राजमार्गबाट करिव १३ किलोमिटर दक्षिण । दमकको अवाडेमा रहेको मावा बेतानी खोला पुल रनारायण झोडा पालुकोथान र रावघाट सडक अन्र्तगतको रतुवा खोला पुल निर्माणको अवस्थाबारे भैतिक पूर्वधार तथा यातायात मन्त्री महासेठले अवलोकन गर्नु भयो । अवलोकनका क्रममा उहाँले दिनमा मात्र हैन रातराता काम गरेर भएपनि चाँडो काम सक्नु भन्दै निर्माण कम्पनीलाई निर्देशन दिनु भएको थियो ।

Published On: April 13, 2018

Comments

Loading...

Related Posts