बाबुरामको भारत भ्रमणः श्रीमान प्रमुख अतिथि, श्रीमती बिशेष अतिथि !

काठमाडाैं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदै छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी भारतको बैंगलोर जान लागेका हुन् । संयोजक भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिनेछन् ।

संयोजक भट्टराई भारतमा एक साता रहनेछ । त्यसक्रममा भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्नेछन् । संयोजक भट्टराईले भारतका मुख्य–मुख्य शहर दिल्ली, मुम्बई, तमिलनाडू लगायतका स्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्नेछन् । साथै संयोजक भट्टराईले भारतका महत्वपूर्ण ऐतिहासिक स्थानहरुको समेत अवलोकन भ्रमण गर्नेछन् । उनले विशेषत: दक्षिण भारतको विकाससम्बन्धी अध्ययनका साथै महत्वपूर्ण पर्यटकीय स्थानको समेत अवलोकन भ्रमण गर्नेछन् ।

संयोजक भट्टराईसँगै नयाँ शक्ति पार्टीको विदेश विभाग इन्चार्ज हिसिला यमी पनि भारत जानेछिन् । संयोजक भट्टराईसँगै ८८ वर्षीय पिता भोजप्रसाद भट्टराई पनि धार्मिकस्थल रामेश्वरम र द्वारकाधाम जानेछिन् । संयोजक भट्टराई बैशाख ८ गते साँझ काठमाडौं आउनेछन् ।

Published On: April 13, 2018

Comments

Loading...

Related Posts