मधेशी भाषा बोल्ने मधेशकै शोषण गर्ने पार्टी हो कांग्रेस :हृदयेश त्रिपाठी भिडियो सहित

काठमाडौं पपुलर मतको हिसाबले नेपाली कांग्रेस कमजोर छैन। नेपाली कांग्रेसले आफूलाई मधेशको नजिक भन्ने मात्र हो,गर्ने होइन।उसले मधेशलाई भोट बैंक ठानेर बसिरहेको छ यसअघी उसले सित्तैमा भोट पाइरहेको थियो।सगरमाथा टेलिभिजनको कार्यक्रम सगरमाथा विशेषमा कुराकानी गर्दै स्वतन्त्र सांसद ह्दयेश त्रिपाठीले उक्त कुरा बताएका हुन्।

कांग्रेसले मधेशमा मनोवैज्ञानिक शोषण गरिरहेको आरोप लगाउदै त्रिपाठीले भने-‘हिन्दी,भोजपुरी,मैथली भाषा बोल्ने,त्यहि पोशाक पनि लगाउने तर मधेशको हितमा कांग्रेस इमान्दार रहेन।’

मधेशको सन्दर्भमा बामपन्थीहरु परिक्षणमा रहेका छन्। बामपन्थीले मधेशको समस्या समाधान कसरी गर्दै अगाडि बढ्छ,त्यो हेर्न बाँकी रहेको र एउटै माघले जाडे जाँदैन,मधेशको समस्या समाधानमा तत्परता नदेखाउदा कांग्रेसको यो हालत भएको भन्दै त्रिपाठीले मधेशको समस्या समाधानतिर लाग्न बाम गठबन्धनलाई आग्रह गरे।

संक्रमणकाल सक्कियो भन्ने नै गलत हो। संक्रमणकालको एउटा चरण मात्रै सक्किएको र अर्को चरणमा नेपाली राजनीति प्रवेश गरेको छ। संसारमा नेपाल पहिलो देश हो जहाँ राष्ट्रिय सभा पहिला र प्रतिनिधी सभा दोस्रोमा गठन भयो। संविधानमा त्रुटि रहेको त्रिपाठीको भनाई छ।

समय परिस्थिती अनुसार जो संविधान संशोधनको लागी तयार हुँदैन त्यसको हालत २०४७ सालको संविधानको जस्तो हुने चेतावनी त्रिपाठिले दिए।

 

Published On: April 13, 2018

Comments

Loading...

Related Posts