यसियाकै शक्तिसाली प्रधानमन्त्री बनेर ओली चीन जाँदै

काठमाडौ , २९ चैत – प्रधानमन्त्री केपी शर्मा ओली वैशाख महिनामा नै चीन भ्रमणमा जाने भएका छन् । गत चैत २३ गते भारत भ्रमणमा निस्किएका ओली तीन दिने भ्रमण पूरा गरी नेपाल फर्किएका थिए । भारतबाट फर्किएलगत्तै ओली चीन भ्रमणमा जाने भएपछि परराष्ट्र मन्त्रालयले पनि तिव्र रुपमा तयारी थालेको हो ।

प्रधानमन्त्री बनेपछि दक्षिण छिमेकबाट विदेश भ्रमण सुरु गर्ने परम्परा जोगाउँदै ओलीले २३–२५ चैत्रमा भारत भ्रमण सम्पन्न गरिसकेका छन् ।

आगामी बैशाखभित्रै ओलीको चीन भ्रमण हुने दावी गर्ने परराष्ट्र स्रोतका अनुसार आगामी हप्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बेइजिङ जानसक्ने सम्भावना छ ।

बैशाख ९ मा एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुँदैछ । प्रधानमन्त्री ओली माओवादी केन्द्रसँगको एकता सम्पन्न गरेर चीन निस्कन चाहन्छन् ।

भारत भ्रमण ९२३–२५ चैत्र० मा जानुपूर्वपनि उनी माओवादी केन्द्रसँग एकता गर्न चाहन्थे । तर, तयारी नपुगेका कारण त्यो सम्भव हुन सकेन ।

पार्टी एकता गरेर जाँदा नयाँदिल्लीमा आफ्नो हात बलियो पार्न सकिने ओलीको विश्लेषण थियो । भारत भ्रमणपूर्व माओवादी केन्द्रसँग एकता त हुन सकेन । तर, माओवादी केन्द्र समेतको समर्थनका कारण ओली शक्तिशाली प्रधानमन्त्रीका रुपमा नयाँदिल्ली प्रस्थान गर्न सके ।

उत्तर छिमेकी चीन नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकताको शुभेच्छुक हो ।

एकिकृत पार्टीको प्रधानमन्त्रीको रुपमा जाँदा ओलीले बेइजिङमा विशेष सम्मान पाउन सक्छन् नै, त्यसो हुँदा वामपन्थी सरकारको सफलता गरी थप सहयोगको वाचा पनि गर्न सक्छ ।

Published On: April 12, 2018

Comments

Loading...

Related Posts