श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारबारे गृहमन्त्रीले मुख खोले

Dainik Online Staff April 10, 2018 Health

विराटनगर, २७ चैत – गृहमन्त्री रामबहादुर थापा बादलले धार्मिक आवरणमा अस्थिरता निम्त्याउन खोज्नेहरुलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि गोली प्रहार गर्नेलाई कारबाहीको माग गर्दै सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र लिएर आएका ४८ वटा धार्मिक संघसंस्थाका प्रतिनिधिमण्डलसँग उनले उक्त घटनामा संलग्नको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजी भइरहेको बताए ।

सो घटनाले आफूलाई दुखित तुल्याएको भन्दै गृहमन्त्रीले घटनामा संलग्नहरुको पहिचान गर्न र कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी गराए ।

‘जातीयता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरुलाई कारवाहीको दायरामा ल्याइनेछ’ गृहमन्त्री थापाले भने ।

प्रतिनिधिमण्डलको माग बमोजिम घाइते आचार्यको उपचार खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगागि बढाउने समेत उनले प्रतिवद्धता जनाए ।

प्रतिनिधमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानबिन गर्न आयोग गठन गर्नुपर्ने, सनातन हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने लगायतको माग राखेका छन् ।

Published On: April 12, 2018

Comments

Loading...

Related Posts