पाँचथरमा चौरी महोत्सव (चौरीको भिडियो सहित)

 

खविन लुइटेल दुर्लभ बन्दै गएको चौंरी पालन व्यवसायको प्रर्वधन गर्ने उदेस्यले पाँचथरको प्राङवुङमा गएको बर्षबाट सुरु भएको चौरि महोत्सव यो बर्ष समेत हुने भएको छ । जिल्लाको प्राङवुङ, सिदिन र मेमेङका चौरी पालक कृषकहरुको अगुवाइमा महोत्सव आयोजना हुन लागेको हो । यो पल्ट बैसाख १ गते बाट महोत्सब सुरु हुने मुल आयोजक समितिका अध्यक्ष डिल्ली हाङ केरुङले जानकारी दिए । चौरी महोत्सबमा नेपाल भारत र भूटानबाट समेत गरी ५ सय भन्दा बढी चौरीको प्रर्दशनी, याक राइडिङ, चौरि जन्य उत्पादनहरुको प्रदर्शनी तथा विक्रि समेत गरिने आयोजक संस्थाले जानकारी दिएको छ । नेपाल र भारतको सिमावर्ती क्षेत्रमा रहेको उक्त स्थानमा यो बर्ष १० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य राखिएको आयोजक संस्थाका अध्यक्ष केरुङले बताए । २५ लाख रुपैया लागत अनुमान गरिएको महोत्वमा नेपाल, भारत र भूटानबाट समेत ठुलो संख्यामा अवलोकन कर्ता आउने र नेपालको उच्च भूभागमा पालिदै आएका चौरिका विभिन्न प्रकारका उत्पादनहरुलाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउन समेत महोत्सवले सघाउने आयोजकको दावी रहेको छ । यसका साथै नेपाल र भारतको उच्च पहाडी क्षेत्रमा पर्ने यो स्थान हुदै कञ्चंनजंघा हिमाल सम्म जाने पैदलमार्ग समेत रहेकोले क्रस बोर्डर टुरिजमलाइ समेत महोत्सवबाट प्रबद्र्धन गर्ने लक्ष्य राखिएको आयोजक संस्थाको भनाइ रहेको छ ।

गएको बर्षबाट प्रारम्भ भएको चौरी महोत्सव नेपालकै पहिलो चौरी महोत्सव भएको आयोजकको दावी रहेको छ । महोत्सवको तयारीकालागी विभिन्न समितिहरु बनाएर काम भैरहेको समेत अयोजक संस्थाले जानकारी दिएको छ । आर्थिक व्यवस्थापन समिति, प्रचार–प्रसार समिति, स्थानीय व्यवस्थापन समिति, सडक मर्मत समिति,सास्कृतिक समिति, स्वयमसेवक परिचालन समिति, प्राथमिक उपचार समिति लगायतका विभिन्न समिति मार्फत कार्यक्रम भब्य बनउोन तयारी भैरहेको आयोजक संस्थाले जनाएको छ । महोत्सवबाट चौंरी पालन व्यवसायलाई आधुनिकिकरण गर्न ज्ञान र सिपको आदान प्रदान सहित चौंरीको दुधवाट निर्मित परिकार, तथा रौं छाला आदीवाट निर्मित सामग्री तथा चौंरीको जीवन चक्रका विषयमा जानकारीमुलक सामग्री प्रदर्सनीमा राखिने आयोजकले जनाएको छ । फालेलुङ–कञ्चनजंघा पर्या पर्यटन प्रवद्र्धन समितिका फालेलुङ पाँचथर आयोजक रहेको यो पल्टको चौरि महोत्सबमा इसिमोड नेपालले सह आयोजकको भूमिका निर्वाह गरेको छ । चौरी पर्या पर्यटन महोत्सवका लागि प्राङवुङ स्थित सुर्केथाम दुग्ध सहकारी र शिखरगुम सामुदायिक बन उपभोक्ता समिति लगायतले सहजिकरण गरिरहेका छन ।

हेर्नुहोस प्रथम चौरी महोत्सवबो यो भिडियो

 

 

Published On: March 19, 2018

Comments

Loading...

Related Posts